प्राज्ञिक विद्यार्थी परिषदको मतदाता जागरण अभियान

विहीबार, ०७ मंसिर २०७४, १५ : ३८
प्राज्ञिक विद्यार्थी परिषदको मतदाता जागरण अभियान

चितवन । प्राज्ञिक विद्यार्थी परिषद नेपालले शुक्रबारदेखि देशका विभिन्न भागमा मतदाता जागरण अभियान चलाउने भएको छ । अभियानबारे जानकारी दिन बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी परिषदले यस्तो जनाएको हो ।

परिषदका राष्ट्रिय उपाध्यक्ष डा. गोपीनाथ कँडेलले निर्वाचन आयोगसँग समन्वय गरेर जागरण अभियान संचालन गरिएको बताए । अभियान लिएर परिषदका सदस्यहरु गाउँगाउँ पुग्ने उनले बताए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचन पर्यवेक्षणमा परिषदका दुई सय ५० जना विद्यार्थी खटिने उनले जानकारी दिए ।


परिषदका केन्द्रीय आमन्त्रित सदस्य राजु सापकोटाले परिषदमा पहिले स्वयंसेवक रहेका र हाल विभिन्न पेशा, व्यवसायमा रहेका शुभेच्छुकबाट अर्थ संकलन गरी अभियानमा खर्च गरिने जानकारी दिए । उनले सदस्यता शुल्क, तालिम शुल्क लगायतका आम्दानीको ५० प्रतिशत जिल्लामा राखेर बाँकी ५० प्रतिशत केन्द्रमा पठाउनु पर्ने बताए । अभियानका लागि परिषदले पर्चा र पोस्टर तयार पारिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस