लियोनले पाँचौ पटक जित्यो महिला च्याम्पियनसिप फुटबलको उपाधि

एजेन्सी

सोमबार, १५ भदौ २०७७, ०८ : ४०
लियोनले पाँचौ पटक जित्यो महिला च्याम्पियनसिप फुटबलको उपाधि

एजेन्सी । फ्रेन्च क्लब लियोनले लगातार पाँचौँ पटक महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति स्पेनको सन सेबास्टियनमा भएको फाइनलमा लियोनले वुल्फ्सबर्गलाई ३–१ ले पराजित गरेर  उपाधि माथि कब्जा जमाएको हो । 

लियोनका लागि पहिलो हाफमा युजिन ली सोमर र साकी कुमागाईले गोल गरेर क्लबलाई माथि उकाले । दोस्रो हाफमा एलेक्सान्ड्रा पोप्पले वुल्फ्सबर्गका लागि एक गोल फर्काइन् ।

तर त्यसपछि सारा ब्जोर्कले खेलको अन्तिम समयतिर लियोनका लागि तेस्रो गोल गरिन् र क्लबलाई ३–१ को जित दिलाइन् ।