सर्वोच्च अदालतका सबै इजलाश स्थगित

सोमबार, २१ फागुन २०७४, १२ : ४२
सर्वोच्च अदालतका सबै इजलाश स्थगित

काठमाडौं । सर्वोच्च अदालतले आज (सोमबार) का लागि तोकिएका सबै मुद्दाको इजलाश स्थगित गरेको छ । सर्वोच्चका पूर्व न्यायाशीध रामनगिना सिंहको शोकमा इजलाश स्थगित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सिंहको हिजो (आइतबार) निधन भएको थियो । उनी २०५८ देखि ०६३ सम्म सर्वोच्चमा न्यायाधीश थिए ।आजका लागि तोकिएको इजलाश भोलि बस्ने बताइएको छ । आज राष्ट्रिय सभाका तीन सदस्य र कान्तिपुरविरुद्धको मुद्दा सुनुवाइका लागि इजलाश तोकिएको थियो । बयानका लागि कान्तिपुरको टोली सर्वाेच्च पुगिसकेकाे थियो ।

प्रतिक्रिया दिनुहोस