चितवनको कालिका ५ पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन

सोमबार, २१ फागुन २०७४, १२ : १७
चितवनको कालिका ५ पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन

पदमपुर, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे ।

संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय र बाल उद्यान समेत निर्माण गर्ने लक्ष्य रहेको छ । सोही रकमबाट यस क्षेत्रका विपन्न बोटे, दलित, चेपाङ छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका महासचिव भिष्म प्रसाद खनालले जानकारी दिए । यहि फागुन १३ गतेदेखि २० गतेसम्म संचालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन गरेका थिए । १३ कठ्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर रहेको छ ।

महायज्ञमा कालिका नगरपालिका ५ पदमपुर, हाल रत्ननगर बस्दै आएका नन्द प्रसाद भट्टराईले सो मन्दिर निर्माण गर्नको लागि ६२ लाख रुपैया सहयोग गरेका छन् । उनले ६० लाख मूल्य बराबरको १ कठ्ठा जमिन र नगद रु. २ लाख सहयोग गरेका हुन् । आज आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ र पण्डित पोख्रेलले भट्टराई लगायत सहयोगीदाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरेका थिए । सो महायज्ञमा कालिका नगरपालिकाले रु. २० लाख सहयोग गरेको थियो । त्यसैगरी पदमपुर निवासी जयचन्द्र प्रसाद चौधरीले ११ लाख ६१ हजार, नारायण बहादुर भट्टराईले ११ लाख २६ हजार, रुदल महतोको परिवारले ५ लाख ५ हजार सहयोग गरेका थिए । त्यसैगरी भिमोदय मा.वि. परिवारबाट पनि ५ लाख रुपैया सहयोग भएको आर्थिक समितिका सदस्य पोष्टराज अर्यालले जानकारी दिए । महायज्ञमा रु. २ करोड ३८ लाख संकलन भएको र जिन्सी अन्तर्गत धान, चामल विक्री गर्दा २ करोड ५० लाख रुपैया भन्दा बढी रकम संकलन हुने समेत उनले जानकारी दिए ।

को हुन् नन्द प्रसाद भट्टराई ?
गोरखा जिल्लाको बगुवामा १९९४ असारमा जन्मिएका नन्द प्रसाद भट्टराई २००९ सालमा चितवनको साविक पदमपुरमा बसाइ सरी आएका थिए । सो पदमपुर वस्तीमा बसाइ सरी आउने पहिलो पहाडी मुलको भट्टराई परिवारका बुबा, हजुरबुबाहरु हाल पर्साको ठोरीमा बडा हाकिम थिए । राणाकालमा तत्कालिन सरकारले कांग्रेस पार्टीमा लागेको आरोपमा नन्द प्रसाद भट्टराईका दाई बखत बहादुर भट्टराईलाई २००७ सालको प्रजातन्त्र प्राप्ति भन्दा अगाडि गोली हानी मारिएको थियो । ठूलो आमा नन्द कुमारीको परिवार एक्लो भएपछि नन्द प्रसाद गोरखाबाट साविक पदमपुर बसाइ सरी आएका थिए भने ठोरीमा बस्दै आएका ठूलोआमाको परिवार पनि पदमपुरमा आई बसेका थिए । साविक पदमपुरमा वडा सदस्य, वडा अध्यक्ष समेत भएका भट्टराई तत्कालिन जिल्ला उपसभापति हुँदै जिल्ला सभापति समेत भएका थिए ।

पदमपुरको भिमोदय मा.वि. स्थापनामा महत्वपूर्ण भूमिका खेलेका भट्टराईले शहिद स्मृति क्याम्पस पदमपुरलाई १ बिगाहा जमिन समेत निःशुल्क सहयोग गरेका छन् । साविक पदमपुरमा भिमवली बाबा मन्दिर उनले नै स्थापना गरी ५÷५ वर्षमा पञ्चवली समेत दिई पुजा गर्ने गर्दथे । पदमपुर स्थानान्तरण भई हाल कालिका वडा नं. ५ मा स्थापित मन्दिरलाई स्तरोन्नती गर्न उनले सो रकम सहयोग गरेका हुन् । भट्टराईका २ छोराहरु रहेका छन् । जेठो छोरा माधव भट्टराई नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् सफल व्यवसायी हुन् भने कान्छा छोरा मोहन भट्टराई कानुन व्यवसायी एवम् सफल व्यवसायी पनि हुन् ।

सो धनधान्याञ्चल महायज्ञमा सहयोग गर्ने जयचन्द्र प्रसाद चौधरी साविक पदमपुर गाविसका तत्कालिन गाविस अध्यक्ष हुन् । नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् कालिका नगर इञ्चार्ज समेत रहेका चौधरी यस क्षेत्रकै सफल व्यवसायी हुन् । अर्का सहयोगीदाता नारायण बहादुर भट्टराई पनि पदमपुरका सामाजिक व्यक्ति हुन् । साविक पदमपुरका तत्कालिन वडा अध्यक्ष एवम् कार्यवाहक गा.वि.स. अध्यक्ष समेत भई उनले काम गरेका थिए । त्यस्तै रुदल महतो पनि कालिका वडा नं. ५ का सामाजिक व्यक्ति हुन् । स्वर्गीय बुबा जल्लु महतोको स्मृतिमा रुदल महतोको परिवारले सो मन्दिर निर्माणको लागि आर्थिक सहयोग गरेका हुन् ।  
सो धनधान्याञ्चल महायज्ञमा १ लाख रुपैया भन्दा बढी सहयोग गर्ने दाताहरु तपसिल अनुसार रहेका छन् ।
१.    नन्द प्रसाद भट्टराई परिवार – ६२ लाख
२.    कालिका नगरपालिका – २० लाख
३.    जयचन्द्र प्रसाद चौधरी परिवार – ११ लाख ६१ हजार १ सय ११
४.    नारायण बहादुर भट्टराई परिवार – ११ लाख २६ हजार १ सय ५१
५.    रुदल महतो परिवार – ५ लाख ५ हजार १
६.    भिमोदय मा.वि. परिवार – ५ लाख
७.    यमनाथ आचार्य परिवार – ३ लाख १ हजार १ सय ५०
८.    मान कुमार चौधरी परिवार – ३ लाख १ हजार १ सय ५१
९.    सुकदेव भट्टराई    परिवार – ३ लाख
१०.    प्रकाश चन्द्र भट्टराई परिवार – २ लाख १ हजार
११.    उमा कुमारी भट्टराई परिवार – २ लाख २२ हजार २ सय २२
१२.    यमलाल श्रेष्ठ परिवार – २ लाख ११ हजार ४ सय १७
१३.    जनक प्रसाद भट्टराई परिवार – २ लाख २ हजार २ सय २२
१४.    शिव नारायण श्रेष्ठ परिवार – २ लाख १ हजार
१५.    नारायण दत्त अर्याल परिवार – २ लाख २ हजार २ सय ११
१६.    जीवन बहादुर पाण्डे (मच्छिन्द्र) परिवार – २ लाख ५१ हजार ५ सय ३४
१७.    मनहरी रिजाल परिवार – १ लाख १ हजार १ सय ५
१८.    गोविन्द पोख्रेल परिवार – १ लाख १ हजार १ सय ५५
१९.    ढुण्ड प्रसाद पोख्रेल परिवार – १ लाख १ हजार १ सय ५१
२०.    महेन्द्र सेन ठकुरी परिवार – १ लाख १ हजार १ सय ५१
२१.    बुद्धिसागर लामिछाने परिवार – १ लाख
२२.    नारायण पोख्रेल प्रतिष्ठानको तर्फबाट पण्डित दिनबन्धु पोख्रेलले – १ लाख ११ हजार १ सय ११
२३.    निलकण्ठ दाहाल परिवार – १ लाख १ हजार १ सय ५१
२४.    डिल्लीराम दाहाल (काका) परिवार – १ लाख ५ हजार ५ सय ५५
२५.    बुद्धिकान्त मरहठ्ठा परिवार – १ लाख १ हजार १ सय ११
२६.    सूर्य कुमार श्रेष्ठ परिवार – १ लाख १४ हजार ६ सय ५५
२७.    आनन्द गिरी परिवार – १ लाख १ सय ५१
२८.    यम÷रोहिणी प्रसाद पौडेल परिवार – १ लाख १ हजार १ सय ५१
२९.    गणेश पराजुली परिवार – १ लाख ११ हजार १ सय ११
३०.     राम प्रसाद रिजाल परिवार – १ लाख १ हजार १ सय ११
३१.    हरि भट्टराई परिवार –     १ लाख १ हजार १ सय ११
३२.    बसन्त÷घनश्याम गिरी परिवार – १ लाख १ हजार ५५
३३.    नारायण भट्टराई परिवार – १ लाख १ हजार १ सय ११
३४.    हरिशंकर दाहाल परिवार – १ लाख १ हजार १ सय ११
३५.    झलक भट्टराई परिवार – १ लाख १ हजार १ सय ११
३६.    भोलानाथ चापागाई परिवार – १ लाख १ हजार १ सय २५
३७.    राजकुमार श्रेष्ठ परिवार – १ लाख ११ हजार १ सय ११
३८.    अरस सापकोटा (माधव) परिवार – १ लाख १ हजार १ सय ५१
३९.    जियन महतो परिवार – १ लाख ५ हजार १ सय २५
४०.    मोति कुमार श्रेष्ठ परिवार – १ लाख ५ हजार
४१.    जयलाल कंडेल परिवार – १ लाख १ हजार १ सय ११
४२.    हेम बहादुर नेपाल परिवार – १ लाख १ सय १
४३.    विश्वास अर्याल परिवार – १ लाख १ हजार १ सय ११
४४.    चिरञ्जिवी खनाल परिवार – १ लाख २७ हजार
४५.    कृष्ण बहादुर भट्टराई परिवार – १ लाख १ सय
४६.    होमनाथ दाहाल परिवार – १ लाख ५ हजार ५ सय २५

 

प्रतिक्रिया दिनुहोस