जलविद्युत् निर्माणको शिलान्यास

सोमबार, २१ फागुन २०७४, ११ : ५८

भोजपुर । भोजपुरमा एक अर्बभन्दा बढी लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेघावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो ।

रु एक अर्ब ५० करोडकोे लागतमा सम्पन्न गरिने प्रालिका संस्थापक अध्यक्ष अम्बिकाप्रसाद ढकालले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको काम २०७६ साल चैत मसान्तभित्र सम्पन्न गर्ने ढकालको भनाइ छ । यो आयोजना भोजपुरको सबैभन्दा ठूलो रहेको र आयोजना सम्पन्न भएपछि स्थानीयवासीलाई पहिलो प्राथमितामा राखेर विद्युत् वितरण गरिने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस