बाँदरझुलाको बस्ति ब्यवस्थापनमा बाधक बन्दै मन्त्री पाण्डे !

विहीबार, ०७ मंसिर २०७४, १० : ०४
बाँदरझुलाको बस्ति ब्यवस्थापनमा बाधक बन्दै मन्त्री पाण्डे !

चितवन l  मंगलबार बाम गठन्धनले भरतपुरस्थित हाकिमचोकमा आयोजना गरेको चुनावी सभामा आउँदै गरेको बस बाँदर झुलामा रोकिएको खबर हावासरी फैलीयो । एमाले अध्यक्ष केपी ओलीले सभालाई सांवोधन गर्दै, ‘विपक्षीले बस रोकेर राम्रो नगरेको, बेठीक हुने भएको चेतावनी दिए १’

माडी नगरपालिका वडा नम्बर–९ मा पर्ने बाँदरझुला बस्ती चितवन राष्ट्रिय निकुञ्जको सिमाभित्र पर्छ । निकुञ्जको सिमाभित्र पर्ने उक्त बस्ति हटाउन लामो प्रयास गरिएपनी एवं बनमन्त्री विक्रम पाण्डे नै बाधक बनेको बताईएको छ । राप्रपा ९प्रजातान्त्रीक० का उपाध्यक्ष समेत रहेका पाण्डे अहिले चितवन–३ बाट प्रतिनीधिसभाको उम्म्ेद्वार रहेका छन् ।

मंगलबार बाम गठबन्धको सभाका लागी आउँदै गरेको बस मन्त्री पाण्डेकै निर्देशनमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले रोकेको थियो । मन्त्रि पाण्डेले निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललाई टेलिफोन गरेर गाडी रोक्न आदेश दिएको निकुञ्ज स्रोतले जनाएको छ ।  
२०७३ सालमा बाँदरझुलाको बस्ति स्थानान्तरण गर्नका लागी समिती गठन गरिएको थियो, त्यतिवेला पाण्डे भुमिसुधार मन्त्री थिए । भुमिसुधार मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी संयोजक र मालपोत कार्यालयका प्रमुख सदस्य सचिव रहेको बाँदरझुला बस्ति ब्यवस्थापन समिती गठन गरेको थियो । समितीले पिप्ले,शुक्रनगर, खैरहनी र माडीको कल्याणपुरमा प्लट निर्माण गरेर बाँदरझुला बासीलाई हक हस्तान्तरण गर्नुपर्ने प्रतिवदेन बुझाएको थियो । मन्त्री पाण्डेले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजानुको साटो आलटाल गरिरहेको बाँदरझुलाबासीले आरोप लागाएका छन् ।

‘अहिले उनी बनमन्त्री छन्, हामी निकुञ्ज क्षेत्रमा छौं’ बाँदरझुलाका एक स्थानियले भने, ‘विक्रम पाण्डेले पहल गरेमा हाम्रो समस्या तत्काल समाधान हुन्छ, तर बस्ति स्थानान्तरणमा मन्त्री पाण्डे नै बाधक बनेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस