चितवन विषेश

अखिलको दवाब पछि क्यान्सर अस्पतालमा कर्मचारी भर्ना प्रकृया स्थगित

आइतबार, २० फागुन २०७४, १५ : ५९
अखिलको दवाब पछि क्यान्सर अस्पतालमा कर्मचारी भर्ना प्रकृया स्थगित

भरतपुरः विपि कोईरला मेमोरियल क्यान्सर अस्पतालले कर्मचारी भर्ना प्रकृया स्थगित गरेको छ । अनेरास्वियुको दबाव पछि अस्पतालले किपिङ,किलिनिङ र स्वीपर पदमा आहवान गरेको भर्ना प्रकृय तत्कालका लागि स्थगित गरेको हो । अस्पतालले करारमा २५ जनाको माग गरेकोमा १४ सय ६३ जनाको आवेदन परेको अस्पातलले जनाएको छ । अस्पतालले गत पुस २३ गते रित्त पद पुर्ती गर्ने भन्दै विज्ञापन निकालेको थियो ।

अस्पतालले आज अन्तवार्ताका लागि प्रवेश पत्र वितरण गर्न लागेको थियो । अनेरास्वियुले राजनीतिक आस्थाका आधारमा कर्मचारीहरु भर्ना गर्न लागेको भन्दै अस्पताललाई प्रवेश पत्र वितरण गर्न रोक लगाएको अनेरास्वियु्का जिल्ला सचिव प्रकाश आर्चायले जनाकारी दिनुभयो । आफ्ना आसेपासे र राजनैतिक दवावका आधारमा कर्मचारी नियुत्ती गर्न लागेपछि अस्पताल प्रशासनलाई सचेत गराईएको अखिल चितवनका सचिव आचार्यले जानकारी दिनुभयो । उहाँले अस्पताल माफियातन्त्रले संचालन गरेको भन्दै कर्मचारी नियुत्तीमा पनि मनोमानी हुने गरेको आरोप लगाउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक विजय चन्द आर्चायले अनेरास्वियुको विरोध भएसगै अस्पतालमा भयको स्थीति नआओस भन्दै तत्कालका लागि भर्ना प्रकृया अर्को सुचान नआएसम्मका लागि स्थगित भएको बताउनुभयो । सर्वाजनिक संस्था भएकाले मुठभेटको अवस्था सिर्जना नहोस भनेर अस्पतालले यस्तो कदम चालेको जानकारी दिनुभयो । विद्यार्थीको धम्कीका कारण प्रशासन शाखामा प्रवेशपत्र वाँढ्ने काम हालका लागी स्थगित गरिएका अस्पतालका कार्यकारी निर्देशक आचार्यले जानकारी दिनुभयो ।

अस्पतालले नियुक्ती गर्ने कर्मचारी कामगर्ने नभई घरमै वसेर तलव वुझ्ने खालका हुने गरेको अखिल सप्तगण्डकीका अध्यक्ष शिव ढकालले वताउनुभयो । काम गर्नका लागी नभई राजा बनाउनका लागी अस्पताल प्रशासनले आफूनिकटका कर्मचारी भर्ना गर्न थालेको उहाँको भनाई छ । प्रवेशपत्र वितरण स्थगित गरेपछि प्रवेशपत्र लिन गएकाहरु आक्रोशित बनेका थिए । यसअघि पनि क्यान्सर अस्पतालमा कर्मचारी भर्नाका विषयमा पटक–पटक विवाद हुने गरेको थियो । अस्पतालमा चरम राजनिति हुँदा विरामिको उपचार समेत प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस