‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन’ –
महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ ।
निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए ।
‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन । तर, चुनावमा आश्वासन दिन खप्पिस नेताहरूको व्यवहार अर्कै हुन्छ ।’ परिवारको पेट पाल्ने दायित्व आफ्नै काँधमा रहेको छविलालले बताए ।
५२ वर्षीय शेरबहादुर पनि स्वदेशमा काम गर्ने अवसर नपाएकै कारण भारततर्फ लागेका हुन् । उनी मजदुरीका लागि भारत जाने र बर्षमा केही समयका लागि नेपाल फर्कने गर्छन् । यसरी नै जिन्दगी चलेको लामो समय भयो ।यो खबर आजकोनयाँ पत्रिकामा छ ।
यसबीच धेरैपटक निर्वाचन भए । उनले पनि भोट खसाले । तर गरिब जनताको पक्षमा काम गर्ने नेता कोही नदेखेको उनको गुनासो छ । ‘गरिवलाई के को चुनाव लाग्ने हो, चुनाव त धनी र नेताका लागि पो आएको हो,’ शेरबहारले भने, ‘चुनावले भोको पेट भरिने होइन, नेताको के आशा गर्नु ?’
निर्वाचनको माहोलमा बिदेसिनुपर्दा दुःख लागेको उनीहरू बताउँछन् । मतदानमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि बाध्यताले बिदेसिनुपरेको दैलेख रानीवनका छविलाल शाहीले बताए ।
‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन,’ उनले भने, ‘नेताहरूले देशमै रोजगारी सिर्जना गर्न सक्ने हो भने यसरी कोही पनि बिदेसिनुपर्दैन ।
प्रतिक्रिया दिनुहोस