काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ ।
विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झन्डै पाँच लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ । साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ ।
गौतमले कक्षा ११ का विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बत(ाउनुभयो । भाइरसको जोखिमका कारण अब दुई तीन महिना ढिला नै कक्षा सुरु भए पनि कक्षा ११ मा अध्ययन गर्र्ने विद्यार्थीलाई कुनै समस्या नहुने उहाँको भनाइ छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको त शैक्षिक सत्र सदुपयोग गर्ने हिसाबले छलफल भइरहेको छ भने कक्षा ११ का विद्यार्थीको हकमा समस्या नहुने जानकारी दिनुभयो ।
यस पटक ११ मा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ भदौ २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने
भर्ना अभियान सुरु हुनु अगावै पाठ्यपुस्तक पुर्याउने तयारी