जयपृथ्वी नगरपालिका १ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् ।
उनी मोवाईल चलाउँछिन् मतपात्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुट्याउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् ।
उनी सिद्धा हूम्लाको साविक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी हुन् । उनी आएपछि ५ पटक चुनाव भयो । कुनै पनि चुनावमा उनले मतदान गर्न भने पाईनन् ।
भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन् । अब भोट हाल्ने बेला हुन्छ तपाई बिगार्नुहुन्छ हामी बालिदिन्छौं भनेर मतपत्रा खोस्छन् । उनले भनिन् गाउँकै जान्नु सुन्नेले त्यसो भनेपछि कसरी नाई भन्नु, उनीहरुले मत हाल्छन् ।
हामी नङमा रङ मात्र लगाएर फर्किन्छौं । उनले आफु मात्र होईन गाउँका अधिकांस महिलाको मत दलका एजेन्ट कार्यकर्ताल आफन्त र छिमेकीहरुले हालिदिने गरेको सुनाईन ।, यो खबर आजको कान्तिपुरमा छ ।
प्रतिक्रिया दिनुहोस