हुलाक टिकटमा राजनीति

पत्रपत्रिकाबाट

आइतबार, २० फागुन २०७४, ०८ : ०५
हुलाक टिकटमा राजनीति

दुई वर्षअघि तत्कालीन सञ्चारमन्त्री शेरधन राईको सिफारिसमा ‘हुलाक टिकट छाप्नैपर्ने’ सूचीमा पूर्वी नेपालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाम समावेश गरियो । तालुकदार मन्त्रीको सिफारिसमाथि हुलाकका कसैले खोजीनीति गरेन । सिफारिसअनुरूप ‘सहिद रामकुमार राई’ का नाममा १० रुपैयाँ मूल्यका १० लाख हुलाक टिकट छाप्ने निर्णय भयो ।
कला अधिकृत पूर्णकला लिम्बूले छोटो अवधिमै टिकट–डिजाइन गरिन् ।
इन्डोनेसियाको सेक्युरिटी–प्रेसमा टिकट छाप्न सुरु भयो । करिब १ लाख ८० हजार प्रति टिकट छापिएपछि मात्रै थाहा भयो– रामप्रसाद राईलाई सरकारले सहिद घोषणा गरेकै रहेनछ । ‘त्यसपछि बाँकी टिकट छपाइको काम तुरुन्तै रोकिहाल्यौं,’ केन्द्रीय टिकट भण्डारका व्यवस्थापक नारायणप्रसाद पौड्यालले भने ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस