काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो ।
दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठग्ने प्रवृत्ति रोक्न हरेक वर्ष खसीबोका खरिद गरी ल्याउने गर्दछ । कम्पनीले यस वर्ष १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
च्याङ्ग्रा र खसीबोका खरिद गर्नका लागि कम्पनीले ५९ करोड ९८ लाख ४ हजार रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३२ साउन २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार
सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै
दसैँमा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए
सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो
दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…