चितवन । अवैध मिर्गौला प्रत्यारोपणमा चितवनबाट पक्राउ परेका आरोपिहरुलाई जिल्ला अदालत ललितपुरले ५० हजार धरौटी माग गरी तारेखमा आज बिहीबार रिहाई गरेको छ ।
सो काण्डमा पक्राउ परेका पुरानो मेडिकल कलेजका कानुनी सल्लाहकार रमेशप्रसाद काफ्ले, अस्पतालमा कार्यरत डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, नोबल अस्पतालका डा. राकेशकुमार वर्मालाई ५० हजार धरौटीमा रिहाई गरिएको हो ।
पक्राउ परेका १२ जना विरुद्ध जिल्ला अदालत ललितपुरबाट असार २४ गते पक्राउ पूर्जी लिइएको थियो । प्रहरीका अनुसार अवैध मृगौला प्रत्यारोपणको घटन ०७६ जेठमा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितहरुले नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिर्गौला फेल हुनु भन्दा पहिले शरीरमा देखिन्छन् यस्ता संकेत
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको तयारी
शरीरमा देखिने यी ८ लक्षण हुन् खतराको घण्टी
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै