चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ । होली पर्वका लागि बिहीबार र शुक्रबार २४ सैं घण्टा खुला गरिएको सडक फेरि बन्द गर्न लागिएको हो ।
सडकको १६ किलोमिटर, घुमाउने, चेपाङ डाँडालगायतका ठाउँमा पहाड काट्न गाडी चलाउन रोक लगाइएको हो । सडक विस्तारको काम भइरहेकाले आजदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको सडक विस्तार आयोजनाले जनाएको छ ।
नारायणगढबाट मुग्लिन छिर्ने गाडीलाई भतेरी जंगलमा, काठमाडौंबाट छिर्नेलाई लेवाटारमा र पोखराबाट छिर्नेलाई आँबुखैरेनीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस