काठमाडौँ । घरेलु हिंसाका अधिकांश घटनामा महिलाहरू पीडित हुन्छन् ।
एकतिहाइ महिला र युवतीले आफ्नो जीवनमा शारीरिक र यौनिक हिंसा बेहोर्ने गरेको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ । पति वा परिवारका पुरुष सदस्यहरू कमै मात्रामा पीडित हुन्छन् ।
कैयौँ समाजमा पुरुषविरुद्ध घरेलु हिंसाको खासै चर्चा गरिँदैन र पीडितले एक्लै सङ्घर्ष गर्नुपर्छ । युक्रेनका एक पुरुषको कथा यस्तो छ ।
आधा संसारको यात्रा
मेरा साथीभाइलाई कुनै शङ्का थियो कि थिएन त्यो मलाई थाहा छैन । बाहिरबाट सबै कुरा राम्रो देखिन्थ्यो, हँसिलो मुहार, साथीहरू, खुसी र आत्मविश्वास। हामीले सँगै आधा संसारको यात्रा र्गयौँ ।
हामीले यात्रा गर्दा मलाई उनको कुनै डर थिएनस् उनले अरूको अगाडि मलाई चोट पुग्ने केही गर्दिनथिन् । सबैभन्दा महत्त्वपूर्ण एक्लाएक्लै रहनबाट जोगिनुथियो । बल्ल मेरी पूर्वपत्नीले मलाई १० वर्षदेखि बलात्कार गरेको महसुस भयो ।
इरा मेरो जीवनमा आएकी पहिलो महिला हुन् । हाम्रो भेट २० वर्ष हाराहारीको उमेरमा भएको थियो ।
मैले कसैसँग डेटमा जान थालेँ भने घर छाड्नुपर्ने मेरा अभिभावकको भनाइ थियो ।
अर्थात् परिवार, छानो छाड्नुपर्ने र एक दिन सबै गुमाउनुपर्ने। त्यो भयावह थियो । त्यसैले छुट्टै बस्नका निम्ति आवश्यक पैसाको जोहो गरेपछि मात्र म हाम्रो सम्बन्ध जोगाउन सक्षम भएँ ।
पहिलो सम्पर्क ’पाँच घण्टा लामो’
यौन सम्पर्कको मेरो पहिलो प्रयास इरासँग थियो । तर यो सामान्य थिएन । पीडादायी र आक्रामक थियो । हाम्रो पहिलो यौन सम्पर्क झन्डै पाँच घण्टा लामो भयो, त्यसपछि निकै पीडा भयो ।
हाम्रो यौन सम्पर्क औसत एकदेखि दुई घन्टासम्म चल्थ्यो । आनन्ददायी हुनुपर्ने तर मेरो निम्ति त्यो कहिल्यै सुखद रहेन ।
मलाई पहिले कहिल्यै त्यसको अनुभव थिएन । मलाई यस्तै नै होला भनेर मैले सहमति दिने गर्थेँ । तर पछि मैले नाइँ भनेँ । त्यसले उनलाई रोकेन । त्यसपछि बलात्कारमा बदलियो ।
यसरी फन्दामा
मलाई कामको निम्ति लामो विदेश यात्रामा जानु थियो । इरालाई गुमाउने डर लाग्यो । मैले बिहेको प्रस्ताव गरेँ । उनले अस्वीकार गरिन् ।
तर मसँग जान तयार भइन् । त्यहीँबाट यो सबै सुरु भयो । म कामले थकित हुन्थेँ र आराम चाहन्थेँ ।
तर उनलाई यौनको प्यास हुन्थ्यो । एक दुई पटक म सहमत भएँ । उनी भन्थिन्, “मलाई चाहिन्छ, मैले लामो समयदेखि तिमिलाई पर्खिरहेकी छु ।”
मैले थाकेको कुरा भन्थेँ । त्यसपछि उनले मलाई आक्रमण गर्थिन् । म केही गर्न सक्दिनथेँ । छाला कोतर्ने, नङ गाडिदिने । बाहिर नदेखिने गरी छाती, हात र पछाडिको भागमा हान्थिन् । म प्रतिवाद गर्दिनथेँ ।
मलाई मेरा बावुआमाले महिलालाई पिट्नु नराम्रो हो भन्ने सिकाउनुभएको थियो । मलाई निकै कमजोर भएको महसुस भइरहेको थियो । त्यहाँबाट उम्किन सक्दिनथेँ । जे चहिन्थ्यो त्यो उनी पाउँथिन् ।
मलाई कामबाट होटल फर्किँदा डर लाग्थ्यो । त्यसैले म बन्द नहुँदासम्म शपिङ मलमा घुम्थेँ । त्यसपछि बजारमा डुल्थेँ । हिउँदको बेला न्यानो कपडा लगेको थिइनँ । पिसाबमा सङ्क्रमण भयो, ज्वरो आयो । त्यसले इरालाई रोकेन । सप्ताहान्त झन् पीडादायी हुन्थ्यो । युक्रेन फर्किने दिन गन्थेँ । त्यसपछि हाम्रो सम्बन्ध अन्त्य हुने ठानेको थिएँ । तर म गलत रहेछु ।
बिहे गर्यौँ
इरासँग फेरि कहिल्यै सम्पर्कमा नआउने उद्देश्यले म घर फर्किएँ । स्वतन्त्र हुने प्रयासमा मेरो कैयौँ वर्ष बित्यो । मैले फोन बन्द गरेँ । सबैतिर उनलाई ब्लक गरेँ ।
तर उनी आउँथिन् र बन्द ढोकाको अर्को छेउमा बस्थिन् । बोलाउँथिन् र सबैकुरा ठिकठाक हुने वचन दिन्थिन् ।
एक्लोपनले सताउने डर लाग्न थाल्यो । उनीसँग गएँ । सुरुमा उनलाई छाड्ने प्रयास गरेँ त्यसपछि अलि कम र अन्तत त्यो छाडेँ ।
उनले जोड गरिन्, हामीले गर्यौँ । तर म त्यसो होओस् भन्ने चाहन्नथेँ । मेरा साथी र परिवार सबैसँग उनी ईख गर्थिन् ।
म सधैँ उनीसँगै उनको पहुँचमा रहनुपर्थ्योँ । म उनलाई सधैँ मनोरञ्जन दिने खेलौना जस्तो थिएँ । उनको जागिर थिएन । हामीले दुईवटा शौचालय भएको ठूलो अपार्टमेन्ट भाडामा लिएका थियौँ ।
तर मलाई मुख्य शौचालय प्रयोग गर्न बन्देज जस्तै थियो । मैले हरेक दिन बिहानको ९/१० बजे उनी नउँठ्दासम्म पर्खिनुपथ्र्यो ।
उनले हामी फरकफरक कोठामा सुत्ने तर मेरो कोठा बन्द हुन नहुने निर्णय सुनाएकी थिइन् । म कहिल्यै एक्लै रहन पाउन्नथेँ ।
मैले ’केही गलत’ गर्दा पिटाइ खानुपर्थ्यो । म निर्बल थिएँ, उनको आक्रोशबाट जोगिन जे भन्यो त्यही गर्थेँ । मलाई सम्झना छ, तल गएर गाडीभित्र बसेर रोएको ।
उनी आएर हेरिन् । घर घर्किएँ, उनले आफूलाई दुख लागेको बताइन् । तर उनले आफ्नो गतिविधि रोक्न सकिनन् । त्यो सबै टार्न मैले बिदाका दिन पनि हरेक दिन १४ घण्टा काम गर्थेँ ।
दुर्व्यवहारमा पनि मौन
त्यस्तो परिस्थितिमा पर्दा तपाईँलाई कुन अवस्थामा छु भन्ने थाहा हुँदैन । उपाय थाहा हुँदैन र कसैको कुरा सुनिँदैन ।
पूरै असहाय, मुक्ति पाउने मौका छ भन्ने नै भेउ पाइँदैन । म त्यस्तो परिवारबाट थिएँ कि सोच्थेँ । सम्बन्धका निम्ति सबै त्याग गर्न सक्नुपर्छ ।
आफ्ना चाहना सबै त्यागेँ तर सबैकुरा झन् बिग्रियो । सुरुमा मलाई त्यस्तो मन पर्दैनथ्यो ।
तर पछिल्ला ३/४ वर्षका क्रममा मलाई यौन सम्बन्धले आत्तिने अवस्थामा पुर्यायो ।
जब इराले समात्थिन् र जबर्जस्ती गर्थिन् मलाई त्यस्तो हुन्थ्यो ।
त्यसमा अभ्यस्त हुन थालेपछि उनलाई धकेलेर भाग्ने र लुक्ने गर्न थालेँ । इरालाई मेरा कारणले हामीबीच यौन सम्बन्धमा समस्या आइरहेको ठान्न थालिन् ।
त्यसैले उनी मलाई यौन विशेषज्ञ कहाँ लग्थिन् । जब मैले केही कुरा मलाई मन नपर्ने र म (यौन सम्पर्क) चाहन्न भन्थेँ, त्यसलाई समस्याको रूपमा देखाइन्थ्यो ।
म दुर्व्यवहार र बलात्कारबारे चुपचाप रहन्थे । सम्बन्धविच्छेदभन्दा केहीअघि मात्र मैले मुख खोलेँ ।
‘साथ कसरी फेला पारेँ ?’
जाडोयाममा दुई हप्तादेखि ज्वरो आएको थियो । हेर्ने कोही थिएन ।
लाग्यो, मेरो जीवन बर्बाद हुँदैछ र मरेँ भने पनि हेर्ने कोही हुन्न । म कसैलाई भन्न चाहन्थेँ तर कसलाई र कसरी भन्ने थाहा थिएन ।
अभिभावकको घरमा जाँदा त्यहाँ कोही थिएन । फेरि म एक्लो भएँ । इन्टरनेटमा खोजी गर्दै जाँदा सबै कुरा अज्ञात रहने कुराकानी गर्ने माध्यम फेला पारेँ ।
जे भइरहेको थियो त्यो व्यक्त गरेको पहिलो पटक थियो । त्यसबेलासम्म पनि मलाई त्यो दुर्व्यवहार हो भन्ने लागेको थिएन ।
त्यसपछि भने मैले अब हुन्न कहिल्यै हुन्न भन्न थालेँ । चुपचाप बस्नुको साटो ‘हुन्न’ भन्नु सानो कुरा भए पनि मेरो लागि महत्वपूर्ण थियो ।
मलाई आत्मबलको खाँचो पर्थ्यो, बिरामी परेका दिनहरू सम्झिन्थेँ ।
अन्तत मैले एक उपचारक भेट्टाएँ । उनले मलाई सहयोग गरे ।
उपचारका क्रममा इरा र मबीच कुराकानी हुँदा मेरो कुरामा हस्तक्षेप गर्न उनले पाउन्नथिन् ।
मैले दुर्व्यवहारबारे बोलेको त्यही नै पहिलो पटक हो । उनी रिसाइन् र त्यो सत्य नभएको बताइन् ।
उनले लगत्तै सम्बन्धविच्छेदको प्रस्ताव राखिन् । मलाई उनले त्यो चाहेको जस्तो लागेको थिएन । मलाई चुप लगाउने उपाय भन्ने ठानेको थिएँ । मलाई थाहा थियो अर्को मौका आउँदैन र मैले सहमति जनाएँ ।
महिना दिनपछि जब मैले सम्बन्धविच्छेदको कागजपत्र समातेँ, त्यो मेरो जीवनकै सबैभन्दा खुसीको दिन थियो । सम्बन्धविच्छेदको एक दिनपछि म उनीसँग चिच्याएँ, तिमीले मलाई बलात्कार गरिरहेकी थियौँ ।
“मैले?“ उनले भनिन्, “त्यसो भए के त?” के उत्तर दिने मलाई थाहा भएन र अझै पनि थाहा छैन । तर उनले जे गरेकी थिइन् त्यो स्वीकार गरिन् ।
म आमाबुवाको घरमा फर्किएँ । जागिर छाडेँ र केही हप्ता घरमै बसेँ । एक दिन उनी फेरि घरमा आइन् र ढोका ढकढक गरिन् । लात्तीले हानिन्, कराइन् । आमाले डराउनुभयो ।
मनमनै हाँस्दै भनेँ, “आमा, तपाईँले अझै पनि कल्पनासम्म गर्न सक्नुहुन्न ।”
मैले उनीविरुद्ध न कुनै प्रमाण जुटाएँ न कसैलाई भनेँ । मैले सम्भवतस् परिवारलाई भन्नुपर्थ्यो ।
तर बाल्यकालदेखि नै मलाई थाहा थियो । उहाँहरूले त्यो कुरा गोप्य राख्न सक्नुहुन्न । म सहयोगी समूहको खोजीमा थिएँ ।
तर युक्रेनमा महिलाहरूको निम्ति मात्र त्यस्तो व्यवस्था छ । अन्तत स्यान फ्रान्सिस्कोस्थित पुरुषहरूलाई सहयोग गर्ने अनलाइन समूह फेला पारेँ ।
युक्रेनका एक थेरपिस्टले मेरो कुरा नपत्याएपछि मैले अन्य छ जनासँग परामर्श गरेँ । अन्त्यमा सहयोग पाएँ । कसैलाई मेरो हात समात्न दिन मलाई आठ महिना लाग्यो ।
वकिलहरूले उनलाई नियन्त्रणमा राख्ने आदेशको सम्भावना पनि औँल्याएका थिए । तर अहिले मलाई त्यो आवश्यक छैन ।
लामो समयदेखि मैले चाहेको कुरा उनले जे गरिन् त्यो स्वीकार गरून् र माफी मागून् भन्ने हो ।
म अझै पनि काममा जान्न । मलाई हरेक बिहान बिच्छ्यौनाबाट उठ्न गाह्रो हुन्छ ।
मलाई थाहा छ, कहिल्यै म दाम्पत्य सम्बन्धमा रहन सक्दिनँ र बालबच्चा हुनेछैनन् । सबै आशा त्यागिदिएँ । तर लामो समयसम्म मौन बस्नु अभिशाप थियो ।
त्यसले सबै कुरा बिगार्यो । यस्तै अवस्थामा अरू पुरुष हुनसक्छन् र तिनले मेरो कथा पढ्नेछन् ।
तिनले यो कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ । यसको अन्त्य हुँदैन, कुनै कुराको ठेगान हुँदैन, यो वास्तविक गडबडी हो जुन हराउनेछैन र यसले तपाईँको ज्यान लिनेछ ।
यदि तपाईँले यो बुझ्नुभयो भने कम्तीमा तपाईँसँग आफूलाई जोगाउने मौका रहन्छ । – बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ साउन २०७७, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार