काठमाडौं । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली परिमार्जन गर्दै गुप्चरसँग सम्बन्धित राष्ट्रिय अनुसन्धान विभागसहित राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय गरेको छ ।
यस्ता निकायको काम प्रभावकारी बन्न नसकेको भनेर प्रधानमन्त्री केपी ओलीले यस्ता निकाय आफू मातहत ल्याउँदै गर्दा अहिलेसम्म प्रधानमन्त्री मातहत रहेका महत्त्पूर्ण सरकारी निकायको प्रगति स्थिति भने चिन्ताजनक रहेको भेटिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार अहिले चार दर्जनभन्दा बढी यस्ता सरकारी निकाय प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने गरी स्थापना भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
कतिपय निकाय त यस्ता पनि भेटिएका छन्, जुन स्थापनाको आठ वर्षम्म प्रधानमन्त्रीले एक घण्टा पनि समय नदिँदा थप कार्यक्रम सञ्चालन गर्न नै समस्या सिर्जना भएरहेका छ ।
कर्णाली क्षेत्रको विकासका लागि भनेर खुलेको कर्णाली विकास परिषदको बैठक अहिलेसम्म बस्न नसक्दा आयोगका कर्मचारीले प्राथमिक स्रोतबाट संकलित तथ्य तथ्यांक सम्मिलित प्रतिवेदन बुझाउन नपाएको झन्डै दुई वर्ष हुने लाग्यो । दुई वर्षसम्म कुनै प्रधानमन्त्रीले परिषद्लाई एक घण्टा समय दि सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ फागुन २०७४, ०८ : १०
लेखकबाट थप