देशव्यापी लकडाउन हुँदैन : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १८ : ४५
देशव्यापी लकडाउन हुँदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले तत्काललाई देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’

जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिए । संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको छ ।

डा खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका स्कुल, लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस