प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १३ : ३०
प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । 

प्रचण्ड निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको बुधबार स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । 

सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस