बामदेव भन्छन् ,'अब  मलाई पनि गुट चाहिने भयो'

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, ०८ : ३७

फाइल तस्विर

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतम राजनीतिमा भर नभएका नेता । आफनो कुनै अडान लामो समय देखिन्न भन्ने नेकपाभित्र उनको पछिल्लो उतारचढाबले पनि देखाउँछ । कुनै बेला  गुटका उनी शक्तिशाली नेता थिए । किरण गुरुड, रघुविर महासेठ,  ठाकुर गैरे, राजकुमारी झाक्री, लगायतका नेताहरु उनकै सारथी । तर अहिले गौतमसँग कुनै नेता साथमा छैनन । 

केही उनी नवौं महाधिवेशनमा केपी ओलीतिर लहसिएका कारण उत्तै लागे, कोही माधव नेपालतिर । उनीसँग बलराम बास्कोटा, केशवलाल श्रेष्ठ, हरि पराजुली लगायत औलामा गन्न सकिने नेतामात्र साथमा बसे ।  ति मध्ये पनि कोही ओलीतिर त कोही नेपालतिर ढल्किन खोज्छन । यसले गौतम गुट चलाउन माहिर नै मानिएपनि अहिले धेरै कमजोर बनिसकेका छन् । 

उनी स्वंम  आफनो गुट भत्काउन प्रधानमन्त्री ओलीको निर्णायक भूमिका रहेको बताउने गर्छन् । मेरो गुट ओलीजीले भत्काईदिनुभयो, अहिले मेरा मान्छे नै छैनन, सबै कोही कता कोही कता लागे, आफुसबै  भेट गर्न पुग्ने नेता कार्यकर्तासँग वामदेवको सधै दुखेसो हुन्छ, अब फेरि गुट बनाउन लाग्नुपर्ने भएको छ ।
bamdev gautam

नेकपाभित्र ओली, प्रचण्ड, नेपाल र रामबहादुर थापा सम्मका आ आफना समुह छन् । समुह नहुँदा आन्तरिक राजनीतिमा कमजोर हुने ठानी उनले फेरि सुमह आवश्यक पर्न थालेको बताउन थालेका छन् ।  गौतम निकट नेता हरि पराजुली भन्छन्, सबैले गुट बनाएरै राजनीति गर्न थालेका छन्, अब वामदेव कमरेडले पनि बनाउन तिर सोच्नुपर्ने भएको छ ।

हुन त गौतम आफु कमजोर भएपनि तानातानमा छन् । उनी कहिले ओलीतिर कहिले प्रचण्डतिर टहसिन पुगेकै छन् । बढी मात्रामा उनी ओलीको उपयोग मात्र बनिरहेका छन् । अहिले पनि उनले ओलीको संकट टार्नका लागि अगाडी बढाएको ६ वुँदे प्रस्तावले उनी उपयोग भएको देखिएको छ । 

उनले १३ साउनमा ६ वुादे प्रस्ताव ल्याएपछि युवा पुस्ताका भरभराउँदा पहिले आफु निकट नेताहरुसँग छलफल गरे । यो उनको फेरि पूरानै गुट ब्यूताएर जाने आकाक्षा थियो ।  पूर्व माले कालका नेताहरुलाई उनले अहिले फेरि संगठित गर्न कोसिस गरेका छन् । त्यही क्रममा उनले १४ साउनमा ठाकुर गैरे, राजकुमारी झाक्री, दिपकप्रकाश भट्ट , सुरेन्द्र मानन्धर, रविन कोइराला, जीवनराम श्रेष्ठलाई आफ्नै निवासमा भेटन बोलाए । 

आफुलाइृ सहयोग गर्न, आफनो प्रस्तावमा पार्टीका अन्य नेताहरुलाई पनि सहमत गराउन भूमिका खेलिदिन गौतमले युवा नेताहरुलाइृ आग्रह गरे । यो उनको युवा नेताहरुको मनोविज्ञान बुझनेप्रयास मात्र भएको उनी निकट एक नेताले बताए ।  निकट दिनमै महाधिवेशन पनि आएको र महाधिवेशनमा गुट बलियो बनाउँदा आफु पनि बलियो हुने आकाक्षाका साथ गौतमले त्यो प्रयास गरेका थिए ।

अव गुट चाहिने रहेछ, सबै ले गुट बलियो बनाउन थाले, हामी चही किन चुप बस्ने, सकभर बनाउने गरी जानुपर्‍यो   अब, गौतमले दिनहुँ आफुलाई भेटन आउने बलराम बास्कोटा, हरि पराजुली, केशवलाल श्रेष्ठ लगायत नेताहरुसँग परामर्श थालेका छन् । 

प्रतिक्रिया दिनुहोस