चितवन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग्दै भरतपुरको चौबिसकोठीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा भरतपुरका विभिन्न विद्यालय र क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थीहरु सहाभागी थिए । कोरोना भाइरस (कोभिड– १९) माहामारीको बेला शिक्षामन्त्रीले शिक्षा क्षेत्रमा कुनै ठोस निर्णय लिन नसक्दा विद्यार्थीहरुले दुःख पाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले कहिले अनलाइन कक्षा लिने भन्ने त कहिले रोक्ने भन्ने जस्ता कुरा गरेर शैक्षिक क्षेत्रलाई सरकारले अस्तव्यस्त बनाएको आरोप लगाएका थिए ।
स्मल ह्याभन बोर्डिङ् स्कुल आँपटारीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुदिप पौडेलले कहिले परीक्षा हुन्छ भन्ने र कहिले हुँदैन भनेर शिक्षामन्त्रीले दुई जिब्रे कुरा गर्दा आफूलाई तनाव भएको बताए । कक्षा ११ को फाइनलको लागि भनेर स्कुलले अनलाइन परीक्षा लिइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको प्रदर्शन सकियो
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन
कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
राप्रपाको प्रदर्शनमा संयुक्त आन्दोलन समिति राष्ट्रिय झन्डासहित सहभागी हुने