बलेले छुट्याउन सकेनन् प्रिज्मा र प्रिन्सीलाई (भिडियोसहित)

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १८ : ०५
बलेले छुट्याउन सकेनन् प्रिज्मा र प्रिन्सीलाई (भिडियोसहित)

काठमाडौं । डा.चन्द्र गिरीको शब्द, दीपक शर्माको संगीत रहेको गीत ‘नाचें फिरिरी’ भिडियोसहित सार्वजनिक भएको छ । शिव परियारको स्वर रहेको गीतको भिडियोमा कमेडी कलाकार सागर लम्साल ‘बले’ले ट्वीन्स् गर्त प्रिज्मा र प्रिन्सी खतिवडासँग रोमान्स गरेका छन् । भिडियोको अन्त्यमा बलेले प्रिज्मा र प्रिन्सीलाई छुट्याउन नसककेको देखाइएको छ । 

गम्भीर विष्टको निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको छायाँकन रहेको भिडियो विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद्ध हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत बाहिर आइसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस