जनप्रतिनिधिले बेवास्ता गरे 'मेट्रो सिटी'को अवधारणा

पत्रपत्रिकाबाट

शुक्रबार, १८ फागुन २०७४, ०८ : ४१
जनप्रतिनिधिले बेवास्ता गरे 'मेट्रो सिटी'को अवधारणा

काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले व्यवस्थित सहर निर्माणका लागि काठमाडौं उपत्यकालाई मेट्रो सिटी बनाउन सुझाव दिए पनि निर्वाचित जनप्रतिनिधिले यो विषयलाई बेवास्ता गरेका छन् ।

आयोगले काठमाडौं उपत्यकाभित्र रहेका १८ वटा नगरपालिकालाई समेत एकीकृत गरी मेट्रो सिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो । आजको गोरखापत्रको पहिलो पृष्ठमा खबर छ ।

तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले काठमाडौंका ११, भक्तपुरका ४, ललितपुरका ३ र काभ्रेका ६ वटा नगरपालिकालाई एकीकृत गरी मेट्रो सिटी निर्माण गर्नुपर्ने बताए ।

पौडेलले मेट्रो सिटी निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनले आसपासका नगरपालिका एकीकृत गर्न बाटो खुला गरेकाले कानुनी समस्यसमेत नहुने बताए ।

प्रतिक्रिया दिनुहोस