कानुनविद् भन्छन् - न्यायलय वा न्यायाधीशबारे समाचार प्रकाशन गर्दैमा अवहेलना हुँदैन

पत्रपत्रिकाबाट

शुक्रबार, १८ फागुन २०७४, ०७ : ४५
कानुनविद् भन्छन् - न्यायलय वा न्यायाधीशबारे समाचार प्रकाशन गर्दैमा अवहेलना हुँदैन

राज्यका अन्य निकायको जस्तै प्रेसले न्यायलय वा न्यायधीसबारे पनि समाचार प्रकाशन, प्रसारण गर्न पाउने र यसो गर्दैमा अदालतको अवहेलना नहुने संविधान तथा काुननका ज्ञाताहरुले बताएका छन् ।

आफ्नो अयोग्यतासम्बन्धी प्रश्नहरु समाचारका रुपमा लागतार आउन थालेपछि परेको मुद्धामा सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेसमाथि नै सेन्सरसिप लागउन आदेश दिएको सन्दर्भमा उनीहरुको यस्तो धारणा आएको हो ।

पराजुलीको ईजालासले कान्तिपुर विरुद्धको मुद्धामा म्याद बुझेको ७२ घण्टाभित्र वयानका लागि आफैं उपस्थित हुन आदेश दिएकाले कान्तिपुर त्यसका लागि शुक्रबार अदालत जाँदैछ ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस