बामदेवसँग किन गरे पूर्वमालेका युवा नेताहरुले भनाभन ?

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, ०९ : ०१
बामदेवसँग किन गरे पूर्वमालेका युवा नेताहरुले भनाभन ?

काठमाडौं । कहिले कता, कहिले कता ? ढल्किन थालेको आरोप लागेपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले पूर्व माले धारका ६ जना युवा नेतालाई बुधबार बिहान भैसेपाटी निवास डाँके । पार्टीभित्र विवाद समाधानका लागि आफुले सारेको प्रस्तावमा अन्य नेतालाई पनि लौ न कन्भिन्स गराउन भूमिका खेलिदिन पर्यो भन्दै गौतमले विश्वास गरेर ठाकुर गैरे, दीपकप्रकाश भटट, रामकुमारी झाँकी, रविन कोइराला, जीवनराम श्रेष्ठ र सरेन्द्र मानन्धर लाई बोलाएका थिए ।

बिहान १० : ३० बजे उनीहरु गौतम निवास भैंसेपाटी पुगे । झण्डै ३ घण्टा उनीहरुले उपाध्यक्ष गौतमसँग तितामिठा सबै कुरा गरे । अनि भने,–‘तपाईले जे प्रस्ताव ल्याउनुभयो, त्यसमा हामी सहमत छैनौं,  तपाई केपी कमरेडबाट उपयोग मात्र हुनुभयो । आफनो प्रस्तावमा पूर्नविचार गर्नुहोस ।’ ६ बुँदाका प्रत्येक बुँदामा एक एक जना गरी छलफल गर्न  ६ जनानै बोलाउनुभए जस्तो छ नी ?  केहीबेर गौतमसँग उनीहरुले हाँसो ठट्टा पनि गरे । ‘मैले मेरो मन मिल्ने साथीहरुलाई यसो छलफल गरौं भनेर बोलाएको हुँ,’– गौतमले कुराकानी शुरुआत गर्दै भने । 

६ बुँदे सार्वजनिक मंगलबार हुने र साँझ प्रधानमन्त्री पार्टी महासचिव विष्णु पौडेल र श्रीमती राधिका शाक्य समेत साथ लिएर गौतम निवासमा पुगेका विषयमा शुरुमै युवा नेताहरुले प्रश्न गरे । ‘तपाईको प्रस्ताव आउनु, प्रधानमन्त्री निवासमै आएर डिनर गर्नु बाहिर अनेक कुरा आए, खासमा के कुरा भयो ? नडाँक्दा हुन्थ्यो, यस्तो बेला’ युवा नेताहरुले भने । ‘मलाइ त उहाँ (प्रधानमन्त्री) आउदै हुनुहुन्छ भन्ने थाहा पनि थिएन, यहाँ कुनै त्यस्तो डिनर खाएको पनि होइन, घरमा एक्कासी सेनाका सुरक्षाकर्मी आएपछि तपाईहरु यहाँ किन भनेर सोध्दा प्रधानमन्त्री आउदैं हुनुहुन्छ भनेपछि मात्र उहाँ आउँदै गरेको जानकारी मैले थाहा पाएको हुँ, बाहिर धेरै भ्रम गए, त्यस्तो केही भएको छैन ।’

युवा नेताहरुले भने,–‘तपाईलाई बारम्बार उपयोग गर्ने काम मात्र भयो, केपी कमरेडले, तपाई पनि पटक पटक प्रयोग मात्र भईरहनु भयो,  यो तपाईले अगाडी सारेको प्रस्तावले पनि पार्टीभित्रको समस्याको समाधान गर्दैन, पार्टी धेरै अगाडी गईसक्यो, यत्रो संकटको बेला ६ बुँदेले के गर्छ ?’ त्यसपछि गौतमले भने, –‘केपी ओली कमरेडले पार्टी पनि बर्बाद बनाउनुभयो, सरकार पनि सम्पूर्ण रुपमा प्रभावकारी ढंगले चलाउन सक्नु  भएन, उहाँले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर सुरुमा विषय उठाउने म नै हुँ । मैले नै शुरु गरेको हो ।  

मैले कोहीसँग सल्लाह गरेर यो प्रस्ताव ल्याएको होइन, पार्टी विभाजन हुन्न्छ की भन्ने लाग्यो एकातिर अर्काेतिर बाढी पहिरो छ, कोरोनाको भयावह अवस्था छ, यस्तो बेला सरकारलाई केही गर्न हुदैन की भन्ने मनमा आयो त्यही भएर यो प्रस्ताव ल्याएको हुँ । अन्ततगोत्वा, उहाँले राजीनामा नदिई सुखै छैन् । दिनैपर्छ । त्यही भएर मैले लेख्दा नै माथीनै तत्काल भन्ने शब्द लेखेको छु ।’ पहिलो बुँदामै किन फेरी ५ वर्ष नै लेख्नुभयो ? सुरेन्द्र मानन्धरले प्रश्न गरे । ‘पहिलो बुँदा मात्र ओली कमरेडका लागि हो, अन्य ५ बुँदा सवै हाम्रा लागि हो,’ उनले भने,–‘मैले पार्टी सम्पूर्ण रुपमा कार्यकारी अधिकार सहित प्रचण्ड कमरेडले चलाउने पनि लेखेको छु ।

यसैमा अहिले जाँदा ठिक हुने मैले देखे ।’ ‘यो तँपाईको ठिक कुरा हो भन्ने हामीले महसुस गरेनौं, तपाईले भनेको जस्तो केपी कमरेडले नै पनि मान्नु हुन्न ।’ अर्का नेताले सोधे, –‘केपी कमरेड भेट्न आउनुभयो, तँपाईको प्रस्तावमा उहाँले के भन्नुभयो ?’ वामदेवले भने,–उहाँको रेस्पोन्स त्यक्ति राम्रो छैन् । बुँदा २ मा प्रचण्डलाई सम्पूर्ण अधिकार दिने कुरा काटौं भनेर ओली कमरेडलेले भन्नुभयो, मैले त्यो काट्न हुन्न भनेको छु । त्यसपछि उहाँले रेस्पोन्स राम्रो गर्नुभएको छैन् । मैले सम्पूर्ण रुपमा अधिकार दिने प्रचण्डलाई भनेको छु ।

कँहा मैले प्रचण्डलाई छोडेको छु र ? तर अहिले परिस्थितीले तत्काल राजीनामा नमागौं भनेको हो मैले ।’ गौतमले भने, –‘तत्कालका लागि हुन्न बरु मलाई सहयोग गर्नुस्, नेताहरुलाई कन्भिन्स गर्न तपाईहरुले पनि सहयोग गर्नुस् ।  अहिले पार्टी बोक्नु परयो । म माधव , प्रचण्ड, केपी कोही पनि बोक्दिन । म विचार निर्माण गरिरहने मान्छे, यो हुन्छ की भनेर अगाडी बढाएको हो ।’  

युवा नेताहरुले भने,–‘हामी नै प्रस्तावमा सहमत छैनौं, अरु नेतालाई कसरी सहमत गराउन कुदौं । यो हुँदैन ।’ गौतमले भने, –‘एउटा कुर्सीकै लागि पार्टी फुटाउन दिने कुरा हुन्न । जोगाउन म लागेको हुँ । लात खाए पनि खाऔंला, बात खाए पनि खाऔंला । अहिले यही प्रस्ताव हेरौं ।’
 

प्रतिक्रिया दिनुहोस