काठमाडौँ । मानवीय त्रुटिले चितवन कुसुम खोलाका चेपाङ समुदायका घर जलेको सरकारले स्वीकार गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिले घर जल्न पुगेको बताएका छन् । उनले बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मानवीय त्रुटिले घर जलेको बताएका हुन् ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जले कुसुम खोलामा घर जलाएको नभइ गोठ र गुन्द्रीमा मात्रै आगो लगाएको उनले बताएका थिए । मन्त्री बस्नेतले वन मन्त्रालयले यस घटना छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदन आइनसकेको पनि समितिलाई जानकारी दिए ।
उनले निकुञ्जका वार्डेन र सहायक वार्डेनलाई विभागमा फिर्ता बोलाइएको समितिलाई जानकारी दिए । साउन २ गते चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका थिए । बस्नेतले भूमि व्यवस्थापनको काम अगाडि बढिरहेका बेला मध्य बर्खामा निकुञ्जका कर्मचारीले चेपाङ बस्तीमा आगो लगाउने र हात्ती लगाएर भत्काउने काम दुःखद् र अनुपयुक्त भएको बताएका थिए ।
त्यस क्रममा ८ परिवारका घर भत्काइएको र आगो लगाइएको कुरा आफूलाई मन्त्रालयबाट पठाएको छानबिन समितिको प्रारम्भिक प्रतिवेदनबाट थाहा हुन आएको पनि उनले बताए । चेपाङ बस्तीका भनेर पुराना तस्बिर सामाजिक संजाल र संचार माध्यममा आइरहेको पनि मन्त्री बस्नेतको भनाइ थियो ।
मन्त्री बस्नेतले गल्ती ढाकछोप नगरिने पनि समितिसमक्ष प्रतिबद्धता व्यक्त गरेका छन् । उनले घटना सार्वजनिक भए लगत्तै मन्त्रालयले छानबिन गरिएको भन्दै आफू उक्त घटनालाई लिएर गम्भीर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०७७, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न माग
ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ : शक्तिबहादुर बस्नेत
जलवायु परिवर्तनको प्रभाव रोक्न ‘ग्रिन हाइड्रोजन’ मा लगानी बढाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
लोडसेडिङ हुन लागेको हल्ला मात्रै हो : ऊर्जामन्त्री बस्नेत
अब प्रत्येक महिना सय मेगावाट विद्युत् उत्पादन हुन्छ : उर्जामन्त्री बस्नेत