अब प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री

पत्रपत्रिकाबाट

शुक्रबार, १८ फागुन २०७४, ०७ : ३७
अब प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडाको सिको गरी प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री  राख्ने गृहकार्य थालिएको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयलाई चुस्त राख्न तथा केही महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना वरिष्ठ मन्त्री राख्ने भनेपछि त्यकसको तयारी थालिएको हो ।

सरकारले हालै स्वीकृत गरी कार्यान्वयनमा ल्याएको कार्यविभाजन नियमावली २०७४ मा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण जस्ता अनुसन्धानात्मूलक निकाय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकोअनुगमनमेत प्रधानमन्त्री कार्यालयमा थपिएको छ ।

कार्यालयका एक सचिवले पनि एक वरिष्ठ मन्त्री राख्ने सम्बन्धमा गृहकार्य भइरहेको जानकारी दिए । ती सचिवका अनुसार प्रधानमन्त्री कार्यालयमको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्नेगरी नयाँ संगठन संरचना बनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस