पाल्पा । पाल्पाको रामपुरमा खिर खाएका २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहटीका ओमबहादुर सुनारका बुबाको निधन भएको १३ औँ दिनको पून्यतिथिका अवसरमा पकाइएको खिर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन् ।
बिरामीको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । केही आज र आइतबारदेखि बिरामी परेका थिए । सबै बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिए ।
अधिकृत कोइरालाका अनुसार ‘फुडपोइजन’का कारण बिरामी परेको र बिरामीमा बान्ता हुने, ज्वरो आउने, पखला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लक्षण देखिएको छ । बिरामी हुनेमा रामपुर–७ मोहटी, कठानलगायत १८ देखि ५९ वर्षसम्मका पुरुष तथा महिला रहेका छन् ।
रामपुर–७ बाहेक अन्य क्षेत्रका आफन्त पनि भोजमा सहभागी भएका कारण बिरामीको सङ्ख्या बढ्न सक्ने रामपुर नगरपालिका–७ का वडासदस्य कमलराज भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ साउन २०७७, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्य पालिकाका असहाय बिरामीलाई काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
मुगु अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामी समस्यामा
लमजुङमा सामूहिक भोज खाएका एक जनाको मृत्यु, २९ जना बिरामी
मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी