काठमाडौं । चीनको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ ।
२०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।
समाचारमा लेखिएको छ, सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत आद प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ ।
सोही अन्तरदेशीय प्रशारणलाइन आयोजना निर्माण मोडालिटीलाई अन्तिम रुप दिन नेपाल विद्युत प्राधिकरण सर्भेयर टोलीले अध्ययन सुरु गरेको हो ।
सम्भाव्यता अध्ययनअनुसार विभिन्न ३ वटा भौगोलिक क्षेत्रबाट प्रशारण लाइन निर्माण गर्न सकिने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ फागुन २०७४, ०७ : २२
लेखकबाट थप