लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।
सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए ।
भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ साउन २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिरोको बाइक किन्दा नारायणगढका रौशन यादवले जिते ५० हजार नगद
पार्किङ गरिराखेको स्कुटरबाट २ लाख ४० हजार रुपैयाँ चोरी