एजेन्सी । च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधी आफ्नो पोल्टामा पारेको छ । बुधबार राति भएको खेलमा चेल्सीमाथि ५–३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो । चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल फर्काएको हो । २३ औँ मिनेटमा नाबी केइताले गोल गरी लिभरपुललाई सुरुवाति अग्रता दिलाए । ३८ औँ मिनेटमा ट्रेन्ट एलेक्सान्डर–अनोल्ड तथा ४३ औँ मिनेटमा जर्जिनिओ विनाल्डमले गोल गरी लिभरपुललाई ३–० को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले चेल्सीका लागि एक गोल फर्काए । ५५ औँ मिनेटमा रोबर्टो फिरमिनो र ८४ औँ मिनेटमा एलेक्स ओक्सलेड–चेम्बरलेनले लिभरपुलका लागि गोल गरे । चेल्सीका लागि ६१ औँ मिनेटमा ट्यामी अब्राहम र ७३ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गोल गरेका हुन् ।
जितपछि लिभरपुलेको ९६ अंक भएको छ । उसले उपाधि पनि औपचारिक रुपमा उचालेको छ । पराजित भएको चेल्सी ६३ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ साउन २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै
उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
वाफ उपविजेता महिला फुटबल टोली स्वदेश फिर्ता