हराएकी महिलाको शव भेटियो

विहीबार, १७ फागुन २०७४, ११ : ३६
हराएकी महिलाको शव भेटियो

पाल्पा । पाल्पा जिल्ला तानसेन–७ चुच्चेबारीमा महिलाको शव भेटिएको छ । शव पाल्पा जिल्ला तानसेन नगरपालिका–८ गैरा भन्ने स्थानकी ३८ वर्षीया शान्ति हिताङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यही फागुन १४ गतेदेखि हराएकी हिताङ्ग बुधबार स्थानीय खोलाको पानीमा डुबेको अवस्थामा भेटिएको प्रनाउ घिमिरेले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस