साउनको पहिलो सोमबार पशुपति मन्दिर दर्शन गर्न नपाईने, मन्दिर खोल्न सरकारको आदेश छैन : कोष

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १० : ५२
साउनको पहिलो सोमबार पशुपति मन्दिर दर्शन गर्न नपाईने, मन्दिर खोल्न सरकारको आदेश छैन : कोष

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण साउन महिनामा पनि पशुपतिनाथ मन्दिरमा पुजामा विशेष पुजाआजा नहुने भएको छ । हिन्दु धर्मालम्बीहरुको विशेष आस्था रहने  सोमबार पनि स्यवं उपस्थित भएर दर्शन तथा पुजाआजा गर्न नपाईने भएको छ । 

कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका पदाधिकारीका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला नगरिने भएको हो ।

यो वर्ष साउनको पहिलो सोमबार भोलि मन्दिर दर्शनका लागि कुनै व्यवस्था नगरेको जनाएका छ । सरकारल मठ मन्दिरहरु खुला गर्ने निर्णय नगरेका कारण मन्दिर भक्तालुहरुको लागि नखोलिएको कोषले प्रष्ट पार्दै भनेको छ– ‘सरकारले मन्दिर खुला गर्ने निर्णय गरे खोल्न सकिनेछ ।’ 

प्रतिक्रिया दिनुहोस