एजेन्सी । क्रिष्टियानो रोनाल्डोले उपाधि होडमा रहेको युभेन्टसलाई महत्वपूर्ण खेलमा हारबाट जोगाएका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको दुई गोलको सहयोगमा युभेन्टस एट्लान्टासँग २–२ को बराबरीमा रोकियो ।
घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ५५ र ९० औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका थिए । रोनाल्डोले यो सिजन सबै प्रतियोगितामा गरेर युभेन्टसका लागि ३२ गोल गरेका छन् । एट्लान्टाका लागि जापाटाले १६ औँ तथा मालिनोभ्स्कीले ८० औँ मिनेटमा गोल गरेका हुन्।
बराबरीपछि शीर्ष स्थानको युभेन्टसको ३२ खेलबाट ७६ अंक भएको छ। लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको लाजिओ भने सासुओलोसँग २–१ ले पराजित भयो । पराजित भएको लाजिओको ३२ खेलबाट ६८ अंक छ । राति नै भएको अर्को खेलमा रोमाले ब्रेसियालाई ३–० ले पराजित गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ असार २०७७, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की
रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे