मंगलम २५ गते सिनेमा घरमा(भिडियो)

बुधबार, १६ फागुन २०७४, १२ : १३

भरतपुर: परिपक्व मायाले भरिएको चलचित्र ‘मंगलम’ यहि फागुन २५ गतेदेखि देशव्यापी रुपमा प्रर्दशनमा आउने भएको छ । फिल्म टोली प्रचारप्रसारमा व्यस्त बनेको छ । चितवन आइपुगेको फिल्म टोलीले नारायणगढमा पत्रकार सम्मेलन गरी चलचित्र उत्कृष्ट बनेको दाबी गरेका छन् ।
चलचचित्रका कार्यकारी निर्माता छविराज ओझाले फिल्म पारिवारिक लभ स्टोरीका रुपमा स्थापित हुने बताए । “धेरै फिल्ममा एक्सन समावेश गरेँ”, यो विना एक्सनको फिल्म हो”, उनले भने, “माया प्रेमले भरिएको फिल्म हो, दर्शकको मन जित्ने छ ।” मंगलम चलचित्रको  ‘पर्ख पर्ख मायालु’ बोलको गीत अत्यधिक लोकप्रिय बनेको छ ।  कलाकारको शशक्त अभिनयले चलचित्र स्तरीय बनेको बताए । उनले मंगलम निर्माणमा १ करोड बढी खर्च भएको बताए । उनले आफ्नो २३ औं चलचित्रका रुपमा रहेको मंगलमले आफ्नो फिल्मी करियरमा नयाँ आयाम थप्ने दाबी गरे ।
निर्माता तथा नायिका शिल्पा पोखरेलले फिल्म निकै राम्रो बनेको बताइन् । “राम्रो फिल्म भनेर सम्झने मेरो फिल्म हो”, उनले भनिन्, “दर्शकको बढी मायाँ पाउँने आशा छ ।” उनले चोखो मायाको अभिनय गर्न पाएको बताइन् । नायक पुष्प खड्काले ‘मंगलम’ प्रर्दशन पछि फिल्मी करियरले नयाँ मोड लिने दाबी गरे । मंगलम्मा खराब परिस्थितीमा परिवार सम्हाल्नु पर्छ भन्ने सन्देश दिएको बताइन्छ ।
निर्देशक नवल नेपालले कसैको कुभलो नहोस् भन्ने सन्देश फिल्मले दिने बताउँछन् । सबैको राम्रो होस्, केही दुःखमा नपरुन् भन्ने सन्देश सहित मंगलम बनाइएको बताए । उनले मुनामदन पढेजस्तै प्रेमले भरिएको कथा समावेश भएको बताए । चलचत्रिमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निर शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाईं लगायतका कलाकारको अभिनय छ । छविराज प्रोडक्सनको ब्यानरमा मंगलम निर्माण भएको हो । 
 

प्रतिक्रिया दिनुहोस