राना थारू समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध छु : मुख्यमन्त्री भट्ट

मंगलबार, १५ फागुन २०७४, १८ : ५८
राना थारू समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध छु : मुख्यमन्त्री भट्ट

कञ्चनपुर । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राना समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध भएको बताउनु भएको छ ।

आज कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारू होली बृहत् सांस्कृति कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले राना थारू समुदायको आफ्नै मौलिक संस्कृति रहनसहन भएकाले यसलाई जोगाउन सबैको सहकार्यको खाँचो रहेको बताउनुभयो । गाउँपालिका क्षेत्रमा मुख्य समस्याका रुपमा रहेका नदी नियन्त्रण र पुलपुलेसा निर्माणका लागि सक्दो रुपमा कार्य गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले मुख्यमन्त्री भट्टलाई कार्यक्रमका क्रममा गाउँपालिकाको समस्या र राना थारू समुदायका उत्थानका लागि अगाडि बढाउनुपर्ने कार्य बारेको १८ बुँदे ज्ञापनपत्र बुझाउनुभयो । ज्ञापनपत्रमा लालझाडी गाउँपालिकालाई राना थारू संरक्षित क्षेत्रका रुपमा घोषणा हुनुपर्ने, पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न र संस्कृति जगेर्नामा टेवा पु¥याउन राना थारू होमस्टे स्थापना गर्न माग गरिएको छ ।
कार्यक्रममा राना थारू समुदायको मुख्य पर्व होली लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस