राहुल गान्धीद्धारा नर्सहरुसँग अन्तक्रिया

पत्रपत्रिकाबाट

बुधबार, १७ असार २०७७, १९ : ५५
राहुल गान्धीद्धारा नर्सहरुसँग अन्तक्रिया

काठमाडौँ । भारतको विपक्षी दल काँग्रेसका नेता राहुल गान्धीले कोरोना भाइरसको संक्रमणको यस समयमा स्वास्थ्य उपचारमा खटिएका भारतका नर्सहरुसँग अन्तक्र्रिया गर्नुभएको छ । 

आज भारतमा मनाइएको चिकित्सक दिवसका अवसरमा उहाँले यहाँका नर्सहरुसँग कुराकानी गर्नुभएको हो । त्यस क्रममा उहाँले कोरोना भाइरसको महामारीको उपचारका क्रममा नर्सहरुले गरेको योगदानको प्रसंशा गर्नुभएको थियो । 

भर्चुअल माध्यमबाट गरिएको सो अन्तक्र्रियामा नर्सहरुले कोरोना महामारीको उपचारका क्रममा आफूलाई परेका विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस