फागुन २१ मा राजधानी र नामकरण टुङ्गिन्छ : नेत्रनाथ अधिकारी

मंगलबार, १५ फागुन २०७४, १७ : ५९
फागुन २१ मा राजधानी र नामकरण टुङ्गिन्छ : नेत्रनाथ अधिकारी

फलेवास, पर्वत । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सरकारले केही दिनभित्रै पूर्णता पाउने बताउनुभएको छ ।
सदरमुकाम कुश्मा बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले प्रदेश ४ को फागुन २१ गते बस्ने बैठकले प्रदेशको राजधानी र नामकरणका विषयमा छलफल गर्ने र सो विषय टुंग्याउने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख अधिकारीले प्रदेश नं. ४ प्राकृतिक, वातावरणीय र भौगोलिक हिसाबले भरिपूर्ण भएका कारण यसको विकासको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस