बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी, अध्यक्षद्वयको छलफलपछि मात्र स्थायी समिति बैठक बस्ने

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, ११ : ५२
बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी, अध्यक्षद्वयको छलफलपछि मात्र स्थायी समिति बैठक बस्ने

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ । पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयास स्वरुप दुई अध्यक्षबीच छलफल सुरु भएको हो । 

बिहान ११ बजेदेखि स्थायी समिति बैठक बस्ने भनिए पनि दुई अध्यक्षबीच जारी संकट समाधानको पहल स्वरुप छलफल भइरहेको हो । 

दुई अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस