महगो बोर्डिङ ओम शान्तिको कर्तुत पर्दाफास , शिक्षकबाट नील डाम हुने गरि छात्र कुटिए

मंगलबार, १५ फागुन २०७४, ११ : ४१
महगो बोर्डिङ ओम शान्तिको कर्तुत पर्दाफास , शिक्षकबाट नील डाम हुने गरि छात्र कुटिए

भरतपुर  : ओम शान्ति ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका छात्र माथि शिक्षकले कुटपिट गरेका छन् । कक्षा ४ का पढ्ने छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले शरीरमा निल डाम हुने गरेर कुटपीट गरेको मंगबार मात्र परिवारलाई जानकारी भएको छ । आज (मंगलबार) न्यौपाने स्कुल जान नमाने पछि परिवारलाई घटनाको बारेमा थाहा भएको उनका बुवा निरञ्जन न्यौपाने बताए ।

सोमबार संगित कक्षा चलिरहेको समयमा शिक्षक क्षेत्रीले कुटपिट गरेको घटना बाहिर आए पनि स्कुलले भने सामान्य रुपमा लिएको छ । विद्यालयका प्रधानध्यापक हेम राज शर्माले घटना समान्य भएको बताए । हामीले अब शिक्षक विक्रम क्षेत्रीलाई सचेत गराउने छौ , उनले भने,“घटनाको याथार्थ बुझेर निर्कषमा पुगछौ । फेरी यस्तो घटना भए शिक्षकलाई नै निश्काष्न गछौ ।” छात्र अनसल न्यौपानेले घटना भएको दिन हिजो (सोमबार) घटना बारे भन्न चहाहेको र परिवारले बढी सोध खोज गर्दा भनेको उनका बुवाका भनाई छ ।

घटना बारे प्रिन्सिपल हेमराज शर्मालाई जानकारी गराउदा खासै चासो नदिएको भन्दै परिवार जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला शिक्षा कार्यालय पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस