नयाँ दिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।
उहाँ तीन दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनुहुने बताइएको छ ।
हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए । चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उहाँले दिनुभएको थियो । (रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ असार २०७७, १३ : ३१
लेखकबाट थप