काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
हाल प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा बनेको न्यून चापिय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै राति सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०७७, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?