बेसारमा पनि परिनिर्भरता, १० महिनामा २८ करोडको आयात

पत्रपत्रिकाबाट

आइतबार, ०७ असार २०७७, ०८ : १५
बेसारमा पनि परिनिर्भरता, १० महिनामा २८ करोडको आयात

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको ‘बेसार सेवन गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ र कोरोनाको संक्रमणबाट बचिन्छ’ भन्ने अभिव्यक्तिको मुलुकमा चर्चा भइरहँदा बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको तथ्यांकले देखाएको छ । 

चालू आर्थिक वर्षको १० महिनामा नेपालले २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । स्थानीय उत्पादनले बजारमा माग धान्न नसकेपछि २८ करोड रुपैयाँ बराबरको बेसारजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार आयात भएको हो । यस्तै, तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको विभागको तथ्यांक छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस