चितवन विषेश

चितवन प्रशासनद्धारा किराना पसलमा अनुगमन , कारबाही प्रकृया फितलो

सोमबार, १४ फागुन २०७४, १४ : २७
चितवन प्रशासनद्धारा किराना पसलमा अनुगमन , कारबाही प्रकृया फितलो

नारायणगढ : फागु पुर्णिमाको रमझम सुरु भई सकेको छ । नेपालीहरुले यस्ता पर्वहरुमा मिठा परिकारहरु खाने गर्दछन् । तर चाडवाडको समयमा बजारमा अखाद्यय वस्तु ,म्याद नाघेका समानहरु विक्री गर्न व्यवसायीहरु यस्तै समय पर्खेर बस्ने गरेको पाईन्छ । जिल्लामा चाडपर्वका समयमा जिल्ला प्रशासनले फट्टफुट्टा बजार अनुगम गरेको पाईन्छ । जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुृगम टोली होली आउन केहि दिन अगाडी नारायगढ बजारको ब्यास्थ बजार मानिने पुतली बजार क्षेत्रका केहि किराना पसलहरुको अनुगमनमा निस्किएको छ । रमाईलो कुरा त के छ भने आज सोमबारको दिन नारायणगढका पसल बन्द हुने भएपनि प्रशासनका कर्मचारी बजार अनुगमन गर्न पुगेका छन् । 


सोमबारको दिन नारायणगढ बजारहरु हप्ताको एक दिन बन्द हुने नियम अनुसार बन्द हुने गर्दछ । टोली बजार पुग्दा ९५ प्रतिशत बजार बन्द थिए । खुल्ला रहेका केहि किराना पसलमा अनुगमनका क्रममा लेबल नभएका ,म्याद नाघेका र पसलमा मुल्य सुची नपाईए पछि टोली पसल बन्द गर्न निर्देशन दिएको छ । पुतली घरसंसार किराना स्टोर्स, शिभम आदित्य किराना स्टोर्स, सौगात ट्रेर्डस,प्रदिप स्टोर्स,अमरजित किराना स्टोर्स, लभकुश किराना स्टोर्सलाई बन्द गर्न निर्देशन दिइएको छ । बालकुमारी रोड र पुतली बजारका १३ किराना स्टोर्समा प्रशासनले अनुगमन गरेको थियो । अन्य किराना पसलमा भने म्याद गुज्रेका पेय पदार्थ र म्याद गुज्रेका सामान भेटिएका थिए ।

उनिहरुले पटक–पटक बजार अनुगमन गरेर मूल्यसुचि राख्न ताकेता गर्दा पनि अटेर गरेपछि पसल  बन्द गरेको बजार निरिक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिनुभयो । प्रशासनको निर्देशन कार्यान्वयन नगर्ने पसललाई कडा कारबाही हुन्छ, उहाँले भन्नुभयो,“अखद्याय वस्तुको नमुना परिक्षणका भएर आउन एकवर्ष लाग्ने गर्दछ । मुद्धा दायर गरेर कारवाही प्रकृया अघि वढाउन समस्या हुन्छ ।” खाद्य निरिक्षक प्रविन तिवारीले बजारमा खाद्य पदार्थभित्र अखाद्य वस्तु विक्रि वितरण हुने गरेकाले त्यसलाई रोक्न अनुगमन गरिएको बताउनुभयो । प्रशासनको अनुगम पछि हुने कारबाही फितलो हुने भएकाले अनुगमनको प्रभावकारीता हुन नसकेको सरोकारवालाहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस