राइनास, लमजुङ । लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताउनुभयो ।
संयोजक गुरुङको टोलीले नगरपालिकाका उपप्रमूख धनकुमारी गुरुङको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रधानाध्यापक अम्बरबहादुर न्यौपानेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
लमजुङमा असिनाले व्यापक क्षति
लमजुङमा असिनाले व्यापक क्षति पुयाएको छ । आईतवार अपराह्न परेको असिनाले मध्यनेपाल नगरपालिकामा अत्यधिक क्षति पु¥याएको हो ।
असिनाले तरकारीबाली तथा फलफूलमा व्यापक क्षति पु¥याएको स्थानीय खेमराज पौडेलले जानकारी दिनुभयो । असिनापानीले किसानको तरकारी बालीसहित फुल्दै गरेको आँप, नासपाती, आल्चालगायत फलफूल सखाप पारेको पौडेलले बताउनुभयो ।
असिनापानीले व्यापक क्षति बनाएपछि किसान मर्कामा परेको भन्दै मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले पीडित किसानलाई उचित क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस