काठमाडौं । गोरखा सहित गण्डकी प्रदेशका ५ जिल्लामा १८ नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या २२३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार गोरखा, स्याङ्जा, नवलपुर, कास्की र बागलुङमा गरि थप १८ जनामा कोरोना पुष्टि भएको छ ।
गोरखामा सबैभन्दा बढी १० नयाँ संक्रमित थपिएका छन् । गगोरखा नगरपालिकाका ८ र बारपाक सुलिकोट गाउँपालिकामा २ गरि गोरखाका १० जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकामध्ये गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्ष उमेर समुका पुरुष र ३१ वर्षिय महिला रहेकी छन् । यस्तै बारपाक सुलिकोट गाउँपालिकाका ५२ र २५ वर्षिय दुई पुरुष रहेका छन् ।
गण्डकी प्रदेमा आज भेटिएका संक्रमितमध्ये स्याङ्जाका ४ जना रहेका छन् । संक्रमित चारै जना पुरुष हुन् । उनीहरु १८, ३५, ३९ र १८ वर्ष उमेर समुहका रहेको निर्देशनालयले जनाएको छ । यस्तै, नवलपुरको विनयीत्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकामा गरि २ नयाँ संक्रमित थपिएका छन् । संक्रमित दुवै जना पुरुष हुन् । उनीहरु १८ र १९ वर्ष उमेर समुहका छन् ।
पोखरा महानगरपालिकाका थप एक जना २१ वर्षिय युवकमा पनि कोरोना पुष्टि भएको छ । यस्तै, बागलुङ ताराखोला गाउँपालिकाका ३४ वर्षिय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०७७, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी