माओवादी संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन

सोमबार, १४ फागुन २०७४, १२ : १९
माओवादी संसदीय दलको मुख्य सचेतकमा  सीता नेपाली चयन

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ ।
माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिनुभयो । संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताउनुभयो ।

पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्री बन्ने दाबी गरेकी सांसद नेपाली कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतक बन्नुभएको छ । सांसद नेपाली दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट सांसद भएर प्रतिनिधिसभामा संसदीय दलको सचेतक बन्नुभएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस