नारायणी नदी सफाईमा भरतपुर महानगरको चासो

सोमबार, १४ फागुन २०७४, ११ : ३५
नारायणी नदी सफाईमा भरतपुर महानगरको चासो

भरतपुर :नरायणी नदीमा बढेको फोहरमैला सरसफाईमा गर्न नदी सफाई अभियान सुरु गरिएको छ । जिल्लाका युवाहरुको सक्रियतामा नदी बचाउ अभियान सुरु गरिएको हो । नारायाणी नदीलाई बागमतीको जस्तो अवस्था सृजना हुन नदिन समयमै जागरण अभियान सरु भएको हो।नारायणी नदि सफाई अभियानमा सहभागी भएर भरतपुर महानगरपालिकाकी मेयर (प्रमुख)रेनु दाहालले नदीको अवस्था निकै दयनिय भएको बताउनुभयो । मेयर दाहालले नारायणी नदी ब्यावस्थापनको लागि ठोस योजना बनाएर कार्यान्वन तर्फ लाग्ने धारणा राख्नुभयो । हामीले उद्योग वाणिज्य सघं र नीजि सझेदार संस्थासगँ छलफल गरिरहेका छौ ,उहाँले भन्नुभयो ,“अब हामी केहि दिनमै नदीमा हुने गरेको फोहरको व्यवस्थापनमा जुटछौ । नारायणी नदी किनारको सरसफाईमा भोली देखि नै काम सुरु हुन्छ ।” मेयर दाहालले नारायणी नदी किनारको माथिल्लो भाग देखि तल्लो भागसम्म पुगेर यसको अवस्थाका बारेमा जानकारी लिनुभएको हो । नारायणी नदी किनारमा मुख्य गरेर नारायगढ बजारबाट निकस्ने लेदो फोहर नारायणीमा सिधै मिसाईएकाले नारायणी नदी प्रदुषीत बनेको पाईएको छ । 

संङलो नदीको रुपमा चिनिने नारायणी नदी पछिल्लो समय प्रदुषित भएपछि सबैको ध्यान यसमा गएको देखिन्छ ।समोबार उमाशंकर ट्रष्ट, वे गु्रप लगाएतका संस्थाहरु र युवा विद्यार्थीको सक्रिय सहभागीता र सामाजिक संजालको अभियान मार्फत युवाहरु सरसफाईमा जुटेका छन् । नारायणीलाई  पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले अभियान सुरु गरिएको हो । नदी किनार क्षेत्रबाट सोवारपनि एक ट्याक्टर फोहर निकालिएको छ । नदी किनारमा ठेला व्यापारदेखी,किनारका स्थानियको डम्पिङ साइड समेत बनेको छ । नरायणगढ क्षेत्र मात्रै नभएर देवघाटदेखी नै नारायणी सम्मकै क्षेत्र प्रदुषित बनेको छ ।

किनारमा पछिल्लो समय मान्छेको जमघट हुने क्रम बढेको छ भने मान्छे बढेसँगै फोहर पनि बढेको छ । महानगरपालिकाले ढलको ‘ट्रिटमेन्ट’ गरेर मात्र नदीमा मिसाउने नियम लागु् गरेको भनेपनि सिधैं नदीमा ढल मिसाउने गरीएको छ । नारायणगढको पोखरा बसपार्कदेखि पुल्चोकभन्दा तलको नदी किनार क्षेत्रमा जथाभावी रुपमा मरेका पशु मासुजन्य अन्य फोहर, प्लाट्रिक फाल्ने गरेको भेटिन्छ । कतिपय नदी किनारामा घर बनाएका व्यापारीहरुले निर्माण सामाग्रीहरु जथाभावी रुपमा फाल्ने र थुपार्ने ,नदीमा धार्मिक कर्म जाने र लुगा धुने धोवीहरुले समेत नदीलाई उत्तिकै फोहर बनाइरहेका छन् । नदी किनारको चौरमा मनपर्दी ढंगले राखिएको ठेला र तिनमा गरिने व्यापारका कारणले समेत प्रदुषण बढाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले नदी किनारको संरक्षण र सरसफाई देवघाटबाट नै शरु गर्नुपर्ने बताउनु हुन्छ । .
 

प्रतिक्रिया दिनुहोस