सुनचाँदीको भाऊ निकै बढसँगै बेच्नेको घुँइचो

पाल सुनचाँदी व्यवसायी महासंघ भन्छ – ‘किन्न सकिँदैन’

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, १९ : २६
सुनचाँदीको भाऊ निकै बढसँगै बेच्नेको घुँइचो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न नसक्ने स्पष्ट पारेको हो । 

आइतबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैंया, तेजाबी सुन ८९ हजार १ सय ६५ रुपैंयाँ तथा चाँदी ९३५ रुपैंयामा कारोबार भइरहेको छ । लकडाउन हुनुअघि चैत १० गते सुनको मूल्य ७७ हजार रपैंया तथा चाँदीको मूल्य ७२० रुपैंया थियो । लकडाउन खुल्नेबित्तिकै उच्च मूल्यवृद्धि भएपछि यतिबेला सुनको फिर्ता बिक्री बढ्न थालेको हो ।

कोरोना महामारीसँगै घोषणा गरिएको लकडाउनपछि व्यसाय बन्द भएको अवस्थामा सुनचाँदी व्यवसाय क्षेत्र अरु व्यवसायजस्तै आक्रान्त भएको जनाउँदै महासंघले ६० अर्ब रुपैंया लगानी रहेको यो क्षेत्रलाई बचाउन सरकारसँग सहुलियतपूर्ण ऋण र ब्याज र दस्तुर मिनाहको माग समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस