भरतपुरका चिकित्सकसहित दुई जनाले पाए कोरोना बिमा रकमको भुक्तानी

शुक्रबार, ३० जेठ २०७७, १४ : ११
भरतपुरका चिकित्सकसहित दुई जनाले पाए कोरोना बिमा रकमको भुक्तानी

चितवन । भरतपुरका एक चिकित्सकसहित चार जना कोरोना संक्रमितले कोरोना बिमा रकमको दावी गरेका छन्। दाबी गर्ने मध्ये दुई जनाले दाबी भुक्तानी पाएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। नेको इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरिसकेका छन्। 

कोरोना बिमा मार्फत १ लाख रुपैयाँ रकम पाउनेमा भरतपुर अस्पतालका एक चिकित्सक र अर्का एक जना भने संक्रमित महिला छिन्। उनीहरु दुबैजनामा कोरोना पोजेटिभ देखिएको छ।

राष्ट्रिय बिमा कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीमा पनि कोरोना बिमा गर्ने दुई संक्रमितले दाबी गरेका छन्। दुबै संक्रमितिले एक लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन्। बिमा समितिले जारी गरेको कोरोना बिमा पोलिसी खरिद कर्ताले कोरोना संक्रमण पुष्टि हुने वित्तीकै दाबी भुक्तानी पाउने व्यवस्था छ। 

नेको इन्स्योरेन्सले कृषि विकास बैंकमा काम गर्ने गुल्मी घर भएकी एक महिलालाई दाबी भुक्तानी गरेको छ। त्यस्तै हिमालयनले भरतपुर अस्पतालमा काम गर्ने डाक्टरलाई दाबी गरेको हो। बिमा कम्पनीले चार लाख भन्दा धेरैको कोरोना बिमा गरिसकेका छन्। 

प्रतिक्रिया दिनुहोस