काठमाडाैँ । राष्ट्रियसभा सदस्यहरुले पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरुमा प्रभावकारी रुपले अनुसन्धान नभएको जनगुनासो आएकाले दोशिलाई कडा कारबाही गर्न सरकारसंग माग गरिन् । उनले लकडाउन अवधिको समयमा सरकारले विद्युत महसुलमा छुट दिने निर्णय गरेपनि व्यवहारमा पुरानै शुल्क लिएको बताईन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उदया शर्मा पोडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउसीले आत्मदाह गरेको बताईन् । निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरु लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की कोमल ओलीले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहदै आएका आंशिक प्राध्यापकहरुलाई २०७४ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले करार गर्ने निर्णय गरेको तर अहिले सम्म कार्यान्वयनमा नआएको बताइन् । उनले आंशिक प्राध्यापकहरुलाई करार गर्ने या नगर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताईन् ।
नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको बताईन् । घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारबाहीको माग गरिन् । उनले घटना प्रकृति फौजदारी अपराध भएकोले अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने बताईन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की गंगाकुमारी बेलबासेले लकडाउनलाई खुकुलो गर्ने निर्णय भएपछिको अवस्थामा महानगर र साझा यातायातहरुलाई व्यवस्थित रुपमा चलाउन माग गरिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गरिन् । उनले रुपन्देहीको पशु फार्ममा सामुहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानविन गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ
बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या
श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ
प्रहरी सहयाेगीको गोली हानेर हत्यामा, अनुसन्धान बिभागका अधिकृतसहित तीन जना पक्राउ
बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण
सर्लाहीमा एक महिलाको हत्या